दफा १४८
बिवरण माग्ने
(१) यस ऐन बमोजिम नियमन वा कारबाहीको सम्बन्धमा गरिने अनुसन्धान वा जाँचबुझको क्रममा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायलाई कुनै लिखत, खाताको विवरण, कागजात वा अन्य विवरण प्राप्त गर्न अनुसन्धान वा जाँचबुझ गर्न आवश्यकछ भन्ने लागेमा र त्यस्तो लिखत, खाताको विवरण वा अन्य विवरण कुनै व्यक्ति वा संस्थासँग छ वा सो व्यक्ति वा संस्थाले त्यस्तो विवरण कागजात पेश गर्न सक्छ भन्ने लागेमा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायले त्यस्तो व्यक्ति वा संस्थालाई त्यस्तो विवरण कागजात पेश गर्न, अनुरोध गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम अनुसन्धान वा जाँचबुझ गर्ने निकायले माग गरेको लिखत, खाताको विवरण वा अन्य विवरण उपलब्ध गराउनु-वा सहयोग पुच्याउनु सम्बन्धित सबै व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ।